scheduleआइतवार चैत्र २३ गते, २०७६

प्रशिक्षक पेप ग्वार्डिओलाले गरे एक मिलियन युरो सहयोगको घोषणा

काठमाडौँ, १२ चैत । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरससँग जुधिरहेको स्पेनलाई आर्थिक सहयोग गरेका छन् । उनले स्पेनलाई १ मिलियन युरो सहयोग गरेका हुन् ।

पुर्व बार्सिलोनाका प्रशिक्षक समेत रहेका उनले स्पेनलाई १ मिलियन युरो सहयोगका लागि सबै प्रक्रिया पुरा गरेको बताइएको छ । हाल उनी स्पेनमा आफ्नो घरमा रहेका छन् ।

Dish_Home

उनले सहयोग गरेको १ मिलियन युरो बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानमा जानेछ ।

कोरोना भाइरसका कारण इटालीपछि सबैभन्दा बढी संकट स्पेनमा देखिएको छ । औषधी अभाव लगायत विभिन्न अत्यावश्क कुराहरुको अभाव देखिएपछि विभिन्न पक्षबाट सहयोगको घोषणा भइराखेको छ ।

पछिल्लो रिपोर्ट अनुसार स्पेनमा २ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ भने करिब ४२ हजार मानिस संक्रमित बनेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय