scheduleआइतवार चैत्र २३ गते, २०७६

रोनाल्डो र उनका एजेन्टले गरे १ मिलियन युरो सहयोग

काठमाडौँ, १२ चैत । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पोर्चुगलको लिस्बन र पोर्तोमा रहेका हस्पिटललाई आर्थिक सहयोग गरेका छन् । कोरोना भाइरसविरुद्ध लडिरहेका ती हस्पिटललाई उनीहरुले एक मिलियन युरो सहयोग गरेका हुन् ।

पछिल्लो समय पोर्चुगलमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।

Dish_Home

उनीहरुले सहयोग गरेको रकम लिस्बनको सान्टा मारिया हस्पिटल र पोर्तोमा रहेको सान्टा एन्टोनियो हस्पिटलको आइसियुमा अति आवश्यक पर्ने साधनहरु किन्न खर्च गरिने बताइएको छ ।

यस्तै सहयोग पेप ग्वार्डिवाला र लियोनल मेस्सीले बार्सिलोनाको हस्पिटलका लागि गरिसकेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय