scheduleमगलवार आषाढ़ ३० गते, २०७७

लकडाउन के हो ? यसरी भएको थियो यसको प्रचलन

काठमाडौं, १२ चैत । अहिले कोभिड १९ नाम दिइएको कोरोना भाइरसले विश्वभर नै त्राही त्राही मच्चाएको छ । कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आउने अर्को व्यक्तिलाई सजिलैसँग सर्ने हुँदा अहिले नेपालले पनि सबै नागरिकहरुलाई घरभित्रै बस्न आदेश दिएको छ । नेपालमा लकडाउनको घोषणा भएलगत्तै छिमेकी देश भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ मात्रै २१ दिनसम्म लकडाउनको घोषणा गरेका छन् ।

तोकिएको क्षेत्र वा देशैभरि नागरिकलाई घरबाहिर ननिस्कन अधिकारीहरुले जारी गर्ने सूचनालाई लकडाउन भनिन्छ । कर्फ्यु भन्दा यो आदेश फरक हुन्छ । कर्फ्यु ठूला राजनीतिक घटनाको बेला सम्भाव्य वारदातलाई दृष्टिगत गरी थप धनजनको क्षती हुन नदिन लगाइन्छ । कर्फ्यु आदेशमा गोली हान्ने सम्मको अधिकार दिइएको हुन्छ ।

तर लकडाउनमा धेरै वलप्रयोग प्रशासनले गर्दैन । नागरिकलाई आग्रह गर्दछ । तर घटना र परिस्थितिको संवेदनशीलता हेरी लकडाउनको समयमा पनि राज्यले बलप्रयोग गर्न सक्दछ ।

लकडाउन शब्दको पहिलो प्रयोग अमेरिकाबाट हुन थालेको हो । अमेरिकी ट्वीन टाबरमाथि सन् २००१ को सेक्टेम्बर ११ को घटनाको भोलिपल्ट अमेरिकी हवाई सेनाले ३ दिनका लागि लकडाउन गरेको थियो ।

लकडाउन क्षेत्रगत पनि हुन्छ । विश्वविद्यालयहरुले आफ्ना सम्बन्ध अन्तर्गतका स्कुल तथा कलेजलाई निश्चित अबधि बन्द गर्नु पनि लकडाउन भनिन्छ । सन् २००८ मा युनिभर्सिटी अफ कोलम्बियाले लकडाउन गरेको थियो ।

सन् २०१३ मा बोस्टन बमकाण्डपछि बोस्टन शहरभरि लकडाउन गरिएको थियो । सन् २०१५ को ब्रसेल्स र पेरिस आतंकवादी हमलापछि ती शहरहरु लकडाउन गरिएका थिए । कोरोना प्रकोपपछि यो शब्द विश्वव्यापी चर्चामा आएको छ । कोरोना प्रकोपमा पहिलो लकडाउन चीनले बुहानमा गरेको थियो । विस्तारै यो विश्वभरि फैलिएको छ ।

नेपालमा घोषित लकडाउन गरिएको यो पहिलो पटक हो । लकडाउनको अबधिमा अत्यावश्यकीय सेवाहरु जारी हुन्छन् । सर्वसाधारणहरु भने घरबाट निस्कनु हुँदैन । ग्रामीण क्षेत्रमा घरबाट निस्कन मिल्छ । तर जमघट र भीडभाड गर्नु हुँदैन । लकडाउन उल्लघन गर्ने नागरिकलाई कडा दण्ड दिनु भन्दा पनि राज्यले नरम तरिकाबाट लागू गर्ने प्रयत्न गर्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय