scheduleबिहिवार चैत्र २० गते, २०७६

७.५ म्याग्निच्यूडको भूकम्पसँगै शक्तिशाली सुनामीको चेतावनी


एजेन्सी, १२ चैत । बुधबार बिहान रसियाको कुरिल टापुलाई केन्द्र बनाएर गएको ७.५ म्याग्निच्युडको भूकम्पसँगै सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ५९ किलोमिटर (३७ माइल)को गहिराईको उक्त भूकम्प उत्तर-पूर्वी जापानी शहर सप्पोरोबाट १,४०० किलोमिटरको दूरी आसपासलाई केन्द्र बनाएर गएको हो ।

भूकम्पपछिको क्षतिबारे कुनै विवरण प्राप्त भइसकेको छैन । द गार्जिएनका अनुसार भूकम्पको इपिसेन्टरको १००० किलोमिटर आसपास सुनामीको चेतावनी दिइएको छ । यसअघि पनि यति शक्तिशाली भूकम्पपछि शक्तिशाली सुनामी आउने गरेको अमेरिकन राष्ट्रिय सुनामी चेतावनी केन्द्रले विश्लेषण गरेको छ ।

केन्द्रले भनेको छ, ‘यो भूकम्पसँग विनाशकारी सुनामी उत्पन्न गर्ने क्षमता छ ।’ केन्द्रका अनुसार हवाई, जापान, रुस र प्रशान्त द्विपको टापु मिडवेमा सावधानी अपनाउनु उपयुक्त हुन्छ । उसले सुनामीको ज्वारको स्तर ०.३ मिटरभन्दा कम रहने अनुमान गरेको छ ।

Dish_Home

जापानको मौसम विभागका अधिकारीहरुले कुनै चेतावनी सार्वजनिक गरेका छैनन् । उनीहरुले भूकम्पका कारण सामान्य ज्वारभाटा आउन सक्ने सम्भावनालाई भने स्वीकारेका छन् । हवाईमा सामान्य सुनामीको चेतावनी जारी गरिए पनि पछि रद्द गरिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय