scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

तनहुँमा ८० सवारी साधन नियन्त्रणमा

तनहुँ, १२  चैत ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को रोकथामका लागि सरकारको आदेश नमानी सवारी सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

लकडाउनको पहिलो दिन हिजो ७० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।अधिकारीले भने, ‘जबर्जस्ती सवारी साधन चलाउनेलाई कडा कारवाही गर्छौ ।’ अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन भने निर्वाधरूपमा भइरहेको प्रहरीले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय