scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

खाडीबाट फर्किएका युवामा कोरोना संक्रमण भेटियो


काठमाडौं, १२ चैत । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा अर्को एक कोरोना संक्रमित बिरामी भेटिएका छन् । राष्ट्रिय प्रयोगशालाका अनुसार अर्को एक नयाँ बिरामीमा कोरोना संक्रमण भेटिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । ३ बिरामीमध्ये एक निको भएर घर फर्किसकेका छन् भने बाँकी दुई उपचाररत छन् ।

राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ भने प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका छन् ।

गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन् । उनमा कोरोना पोजेटिभ देखिएपछि समूहबाट अलग्याएर उपचार सुरु गरिएको छ ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमूना परीक्षण भएकोमा ६८४ जनाको नतिजा नेगेटिभ भेटिएको छ भने ३ जनामा संक्रमण देखिएको छ । विश्वका १९५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म ३७५,४९८ व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ भने यसमध्ये १६,३६२ जनाको मृत्यू भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay