scheduleसोमवार चैत्र २४ गते, २०७६

कोरोना परीक्षण उपकरण ल्याउन प्रयास गरिरहेका छौंः उद्योगपति विनोद चौधरी

काठमाडौं, १२ चैत । उद्योगपति तथा चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोभिड-१९ नामक कोरोना भाइरसको परीक्षणका लागि उपकरण ल्याउन फाउन्डेसनले प्रयास गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले भनेका छन् – ‘हाम्रो अर्को प्राथमिकता र चुनौती भनेको परीक्षण किटको उपलब्धता हो । केही बाहिरी मुलुकमा हामीले किट निर्यातका लागि तयारी अवस्थामा राखेका छौं । यद्यपि नेपाल भित्र्याउन सफल भइसकेका छैनौं । ढुवानी सहजीकरणका लागि हाम्रो टिम खटिइरहेको छ । मलाई आशा छ, यसमा छिट्टै समाधान निस्किनेछ ।’

Dish_Home

उनले पैसाको भन्दा पनि अत्यावश्यक उपकरणहरुको सहज आपूर्ति र स्वास्थ्यकर्मीहरुको सुरक्षा अहिलेको प्रमुख आवश्कयता भएको उल्लेख गर्दै आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा व्यक्तिगत सुरक्षा उपकरण लगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ आफू अगाडि बढेको बताएका छन् ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि तयारी गरिरहेका स्वास्थ्य संस्थाहरुमा व्यक्तिगत सुरक्षा उपकरणका साथै अन्य आवश्यक सामग्रीहरुको अभाव हुन नदिन चौधरी फाउन्डेसनले हेल्पलाइन शुरु गरेको पनि अध्यक्ष चौधरीले जानकारी दिएका छन् । त्यसका लागि ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय