scheduleआइतवार चैत्र २३ गते, २०७६

‘एक महिना, एक परिवार, एक ग्यास सिलिन्डर’


काठमाडौँ, १२ चैत । नेपाल आयल निगमले सम्भावित ग्यास सर्टेजलाई मध्यनजर गर्दै एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति अगाडि सारेको छ । विश्वव्यापी महामारी बनेको कोभिड-१९ को असरलाई मध्यनजर गर्दै यस्तो नीति अगाडि ल्याएको निगमले जनाएको छ ।

कोरोनाको प्रकोप कहिले नियन्त्रणमा आउँछ भन्ने कुरा अहिलेसम्म अनिश्चित नै छ । यसबीचमा ढुवानीमा पनि समस्या हुनसक्ने आंकलन गर्दै नयाँ सन्दर्भमा बजारमा ग्यास अभाव हुन नदिन र प्रभावकारी व्यवस्थापनका लागि नयाँ नीति अगाडि सारिएको निगमका एक अधिकारीले जनाए ।

‘क्रेताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बर प्रस्ट खुलेको रेकर्ड राख्ने र उक्त रेकर्डलाई जिल्ला प्रशासन वा निगमले जुनसुकै बेला माग्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

Dish_Home

क्रेतासँगै बिक्रेताले पनि ग्यास उद्योगीले आफूसँग भएको ग्यासको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा रहेको बुलेटको परिमाण र गोदाममा भरिराखेको सिलिन्डरको परिमाणको अभिलेख राख्नुपर्ने र निमायक निकायमा बुझाउनु पर्ने व्यवस्था निगमले गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय