scheduleसोमवार चैत्र २४ गते, २०७६

रहेनन् राससका पूर्वअध्यक्ष देउजा

काठमाडाैं, १२ चैत ।  राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष धुर्व कुमार देउजाको आज निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित भएका उनको आज बिहान उपचारका क्रममा हिमाल नर्सिङ होम, नक्सालमा निधन भएको उनका छोरा विपीनले जानकारी दिए ।

विसं १९९९ पुस १६ गते काठमाडौँमा जन्मिएका देउजा रेडियो नेपालमा समेत निर्देशक रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । बालुवाटारमा बस्दै आएका देउजाका एक छोरा, एक छोरी र श्रीमती छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय