scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोनाविरुद्ध पूर्वयुवराज पारस, सेल्फ आइसोलेसनबाट यस्तो सन्देश

काठमाडौं, १२ चैत । संसार कोरोना भाइरसको प्रकोपविरुद्ध लडिरहेको छ । संसारका अरबौं मानिसहरु घरभित्र थुनिएका छन् । यस्तो बेला पूर्वयुवराज पारस कहाँ के गरिरहेका होलान् ?

हुन त उनीबारे धेरै मानिसमा चासो नहुन पनि सक्छ । तर दुई दशक अगाडि मुलुकको युवराज रहेका उनको पछिल्लो जीवनशैली चर्चामा छ ।

Dish_Home

बुधबार उनले कुकुरसँग आनन्दसँग बसिरहेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरे । उनले तस्बिरसँगै लेखेका छन्, ‘संसारलाई स्फूर्त बनाउनुहोस्, यसलाई गज्जबको ठाउँ बनाउनुहोस् ।’

मंगलबार पनि उनले कोरोनाविरुद्ध उच्च मनोबलका साथ संघर्ष गर्न सन्देश जारी गरेका थिए । ‘हामी सामूहिकरुपमा एक महामारीको खतराको सामना गरिरहेका छौं जसले महासागर र सीमाभन्दा पनि पर रहेर सम्पूर्ण मानवतालाई चुनौती दिइरहेको छ,’ उनले लेखेका छन्, ‘ज्यान गुमाएका मानिसहरु र बाँकी मानवताको लागि हामी सबै मिलेर कोरोनाविरुद्धको युद्ध जित्ने प्रतिज्ञा गरौं । आउनुहोस्, कोरोना भाइरसविरुद्ध लडौं ।’

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय