scheduleबुधवार श्रावण २१ गते, २०७७

बसन्त चौधरीको रचनामा कोरोनाविरुद्ध चर्चित गायकगायिकाहरुको स्वर (भिडियोसहित)

काठमाडौं, १२ चैत । कोरोनाविरुद्ध साहित्यकार तथा उद्योगी बसन्त चौधरीद्वारा रचित गीत सार्वजनिक भएको छ । ‘एकजुट भएर यो महामारीसँग हामी लड्न सक्छौं’ भन्दै कोरोनाविरुद्ध सचेत र सुरक्षित रहन सबैमा आह्वान गर्दै बसन्त चौधरीले रचना गरेको गीतमा चर्चित गायकगायिकाहरुको स्वर रहेको छ ।

जेम्स प्रधानको संगीत रहेको गीतमा रामकृष्ण ढकाल, बबिन प्रधान, भीम तुलाधर, विश्व नेपाली, धर्मेन्द्र सेवान, राजसागर, प्रलीन, मीना निराैला, सुवानी माेक्तान र प्रीति काैरको स्वर रहेको छ ।

विक्रम श्रेष्ठको छायांकन रहेको भिडियोमा स्नेहा शर्माको सहयोग, अनिल तण्डुकारको सम्पादन र राजेन्द्र शलभको संयोजन रहेको छ ।

यस्तो छ गीतको भिडियोः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय