scheduleआइतवार चैत्र २३ गते, २०७६

लकडाउनको दोस्रो दिनको काठमाडौं (फोटोफिचर)

काठमाडौं, १२ चैत । लकडाउनको दोस्रो दिन आज विहानैदेखि काठमाडौं उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । काठमाडौंलगायत देशभरका सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन् । सडकहरुमा एकदमै कम संख्यामा सवारी साधन चलेका छन् ।

Dish_Home

कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएकोले सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा समेत लिनु परेको छ । सरकारी निर्देशनको अवज्ञा गरेर चलाइएका चार सय बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यकाको केही दृश्यहरुः

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय