scheduleआइतवार चैत्र २३ गते, २०७६

कोरोनाविरुद्धको सरकारी कोषमा राजपाले १५ र राप्रपाले ५ लाख


काठमाडौ, १२ चैत । कोरोना संक्रमण नियन्त्रणका लागी सरकारले घोषणा गरेको कोषमा राजपा नेपालले १५ लाख र राप्रपाले ५ लाखदिने घोषणा गरेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिह भण्डारीले बुधबार विज्ञप्ती निकालेर सरकारी कोषमा पार्टीका संघीय सासंदहरुको १५ दिनको तलब काटेर पार्टीले १५ लाख रुपैयाँ जम्मा गर्ने जनाएको छ ।

मंगलवार मात्रै राजपा नेपालका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले आफनो एक महिनाको तलव सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेका थिए । बुधबार राजपाकै नेतृ निर्जला राउतले महोत्तरीको बर्दीबासमा रहेको आफनो होटललाई क्वारेन्टाइन बनाउने घोषणा गरेकी थिईन । प्रतिनिधिसभा सदस्य समेत रहेकी राउतले महोत्तरीको बर्दीबासमा होटल पवन मिथिलाका सञ्चालक थिईन् ।

यस्तै राप्रपाले पनि सरकारी कोषमा पार्टीको तर्फबाट ५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार राप्रपाले उक्त घोषणा मंगलवार नै गरेका हुन ।

Dish_Home

यस अघि नेपाल सरकारले ५० करोड सहितको घोषणा गरेको कोराना नियन्त्रण कोषमा राष्टपति, उपराष्टपति, सभामुख सहित नेकपा र काग्रेसले आर्थिक सहयोग दिने घोषणा गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय