scheduleमगलवार चैत्र २५ गते, २०७६

कृषि मन्त्रालयले भन्यो- अत्यावश्यक खाद्यन्न आपूर्तिमा व्यवधान नगर्नुहोस्

काठमाडौ, १२ चैत । मुलुकमा लकडाउन चलिरहेको बेला नागरिकलाई आवश्यक पर्ने खाद्यान्न, तरकारी, दूधलगायतका सामग्रीको आपूर्तिमा कुनै व्यवधान नगर्न कृषि मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

बुधबार मन्त्रालयले सूचना जारी गर्दै दैनिक आपूर्तिको सामानमा कतै व्यवधान देखिए कृषि मन्त्रालयको प्रवक्ता डा हरिबहादुर केसीको मोबाइल नम्बर ९८४१४०१२८७ र पशुसेवा विभागको महानिर्देशक डा वंशी शर्माको मोबाइल नम्बर ९८५१०६७३८७ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

बुधबार बिहान मात्रै आपूर्ति मन्त्रालयले ठूला सुपरमार्केटहरुलाई खाद्यान्न आपूर्ति गर्न निर्देशन दिएको थियो । कृषी मन्त्रालयले विहिवार दिउँसो सूचना जारी गर्दै खाद्यन्न सहित तरकारी, दूध जस्ता समानहरुको आपुर्तिमा कसैलाई कतै व्यवद्यान नगर्न भनेको छ । मन्त्रालयले नागरिकलाई आपूर्तिमा कतै समस्यामा आएमा सम्पर्क गर्न पनि भनेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय