scheduleबिहिवार चैत्र २० गते, २०७६

सरकारले विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लियो

काठमाडौँ, १२ चैत । नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिएका हुन् ।

उनिहरुले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिएका थिए । सो क्रममा मन्त्रीद्वयले कुनै पनि नेपाली श्रमिक बेरोजगार भए उनीहरुको खाना, बस्न उचित प्रबन्ध मिलाउन निर्देशन दिएको श्रम मन्त्रालयले जनाएको छ ।

Dish_Home

सरकारले सोमबार पनि विभिन्न मुलुकमा रहेका नियोग प्रमुखसँग छलफल गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत मुलुकमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय