scheduleमगलवार श्रावण २७ गते, २०७७

लकडाउनमा रक्सी पसल चलाउने बख्ती पक्राउ परे


काठमाडौं, १२ चैत । लकडाउनको उल्लंघन गर्दै मदिरा पसल सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा स्थानीय पसल सञ्चालक ३७ वर्षीय कविराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको हो ।

बख्तीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले विभिन्न ठाउँमा सवारीहरु नियन्त्रणमा लिनुका साथै पक्राउ गर्ने क्रम बढाइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय