scheduleबुधवार आश्विन ७ गते, २०७७

सरकारले प्रवासी नेपालीको आधारभूत आवश्यकता सम्बोधन गरोस्ः नेकपा प्रवास कमिटी

काठमाडौं, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित रहँदै उच्च मनोबलका साथ रहन अनुरोध गरेको छ ।

नेकपा प्रवास समन्वय समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको छ । समितिका अध्यक्ष युवराज चौलगाईं र सचिव श्रीप्रसाद साहद्वारा जारी विज्ञप्तिमा सरकारले घोषणा गरेको राहतकोषमा सक्दो आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ ।

विज्ञप्तिमा महामारी रोकथाम तथा संक्रमितहरुको उपचारका लागि नेपाल सरकारले घोषणा गरेको केन्द्रीय राहत कोषमा सक्दो आर्थिक सहयोग गरी मुलुकका लागि योगदान गर्न प्रवासी नेपाली संघ संस्था तथा इच्छुक प्रवासी नेपाली महानुभावमा पनि अनुरोध गरिएको छ ।

त्यसैगरी विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारी र त्यसले नेपालमा पनि पारेको असरहरुमा सुधार नआउन्जुले प्रवासका संगठनहरुको सबै कार्यक्रमहरु स्थगित गरिएको जानकारी पनि विज्ञप्तिमा दिइएको छ ।

‘प्रवासी नेपालीहरुको सुरक्षित बसाई, प्रवासी मजदूरहरुको सहज दैनिक जीवनयापन, बिरामी पर्दा स्वास्थ्योपचार र आवश्यक पर्दा घर फिर्ती समेतको आधारभूत अधिकारहरुलाई उपयुक्त रुपमा सम्बोधन गर्न नेपाल सकारसँग अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि आफ्ना विदेशस्थित कूटनीतिक नियोगहरुलाई आफतकालीन र विशेष व्यवस्थासहित सक्रिय राख्न र आवश्यक परेको खण्डमा उपयुक्त निर्णय लिन सरकार समक्ष आग्रह गर्दछौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय