scheduleमगलवार चैत्र २५ गते, २०७६

कोभिड १९ : गल्छीमा २५ जना क्वारेनटाइनमा

धादिङ, १२ चैत ।  रोजगारीका क्रममा भारतबाट आएका गोगनपानीका १६ युवालाई गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । ती युवामध्ये एक जनालाई ज्वरो आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीले बताए ।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने छ । क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । यसअघि सम्भावित जोखिमलाई मूल्याङ्कन गरी बागेश्वरी माध्यमिक विद्यालयमा २५ शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको थियो ।

Dish_Home

उनीहरुलाई सोही कक्षमा राखिएको जनाइएको छ । यसैगरी गल्छी १ मा नौ जनालाई आफ्नै घरमा निगरानीमा(होम क्वारेनटाइन) मा राखिएको छ । उनीहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तर छुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिईन् । भारतमा मजदूरी गर्न गएकाहरु घर फर्किएपछि उनीहरुलाई होम क्वारेनटाइनमा राखिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय