scheduleआइतवार आषाढ़ २१ गते, २०७७

हैदरावादबाट फर्किएर कास्कीमा क्वारेन्टाइनमा बसेका बिरामीको मृत्यू

प्रतिकात्मक तस्बिर

पोखरा, १२ चैत । कास्कीको रुपा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उपचार गरिरहेका एक बिरामीको बुधबार मृत्यू भएको छ । भारतको हैदरबादबाट फर्किएपछि बिरामी परेका उनलाई मंगलबारबाट क्वारेन्टाइनमा राखिएको थियो ।

मृत्यू हुनेमा ५० वर्षीय पुरुष रहेका रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दिएका छन् । रुपा गाउँपालिका स्थायी घर भएका ५० वर्षीया ती पुरुष १२ दिनअघि भारतको हैदरावादबाट फर्किएका थिए । घर फर्किएका उनी बिरामी परेपछि क्वारेन्टाइनमा राखेर निगरानी गर्न थालिएको थियो ।

क्वारेन्टाइनमै रहेको अवस्थामा गम्भीर बिरामी परेपछि उनलाई थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा बाटैममा मृत्यु भएको पोखरेलले जानकारी दिए ।

मुटुका रोगी समेत रहेका उनको कलेजोमा पानी जमेको पनि चिकित्सकहरुले जानकारी दिएका छन् । क्वारेन्टाइनमा राखिएर उपचार गरिएकोले कोरोनाको आशंका गरिए पनि उनको मृत्यूको कारण खुल्न सकेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय