scheduleशनिवार कार्तिक १५ गते, २०७७

चिनियाँ कम्पनीले नेपाललाई दियो कोरोना परीक्षण गर्ने २ हजार ‘किट’

काठमाडौं, १२ चैत । चीनको बेइजिंग साभन्तबायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) निःशुल्क उपलब्ध गराएको छ ।

कोरोना भाइरस एन्टीजिन डिटेक्सन रिएजेन्ट टेष्टिङग किट्स बेइजिंगबाट कम्पनीले नै ल्हासा पठाएको छ । त्यहाँबाट नेपाली महावाणिज्य दूताबासले चाँडै स्थलमार्गबाट नेपाल ल्याउने प्रबन्ध गर्ने छ ।

उत्पादक कम्पनीका महाप्रबन्धकवाङ गु ओपिङले बुधवार उक्त सामग्री बेइजिंग स्थित नेपाली दूताबासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका छन् ।

नेपाली दूताबासका अनुसार तीस हजार अमेरिकी डलर (करिब ३६ लाख नेपाली रुपियाँ) बराबरको किट्स नेपाललाई उक्त कम्पनीले सहयोगले गरेको हो । हस्तान्तरण समारोहमा बेइजिङ नगरपालिकाका वाणिज्य ब्यूरोका थान छङ्हाइ र बेइजिङ काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिओ जि आन्ली पनि सहभागी थिए । नेपाली दूताबासको प्रयासमा कम्पनीले सहयोग गरेको हो ।

यसलाई दूतावासले नेपालचीन मैत्रीको उत्कृष्ट उदाहरण भनेको छ । नेपालले चीन सरकारलाई पनि सहयोगको सूची पठाइसकेको छ । त्यो आउन भने समय लाग्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay