scheduleमगलवार जेष्ठ १३ गते, २०७७

मृतकको सूचीमा दोस्रो स्थानमा पुगेको स्पनेमा कोरोना आतंकको कहानी


एजेन्सी, १२ चैत । इटलीपछि कोरोना भाइरसबाट धेरै मानिस मृत्यु हुने देशको सूचीमा स्पेन दोस्रो बन्न पुगेको छ । मंगलबारसम्म चीन दोस्रो स्थानमा थियो भने अहिल्लो हप्ता तेस्रो स्थानमा इरान थियो । पछिल्लो ४८ घण्टाभित्र स्पेनमा करिब १ हजार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र मर्नेको संख्या मात्र ४४३ छ । मृत्यु हुनेको कुल संख्या ३४३४ पुगेको छ भने संक्रमितको संख्या करिब ५० हजार पुगेको छ । संक्रमित हुनेमा प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती बेगाना गोमेज समेत छिन् ।

चीनको अहिलेसम्मको मृतकको संख्या ३२८१ छ । स्पेनमा संक्रमितमध्ये करिब ५ हजार स्वास्थ्यकर्मीहरु समेत रहेको बताइएको छ । स्पेन इटलीपछि सबैभन्दा नराम्रो हालतमा भएको युरोपेली देश हो । इटालीमा भने मृतकको संख्या ६८२० पुगेको छ ।

Dish_Home

स्पेनमा कोरोनाको प्रभाव सबैभन्दा धेरै मेड्रिड, क्याटालोनिया शहर र बास्कुको ग्रामिण क्षेत्रमा देखिएको छ । स्वास्थ्यकर्मी समेत ठूलो संख्यामा प्रभावित हुन थालेपछि स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुन थालेको छ । बिमारीहरु अस्पतालबाट डिस्चार्ज नभई भाग्न थालेका छन ।

त्यस्ता मान्छेहरुको खोजी प्रहरीका लागि थप चुनौति बनेको बताइएको छ । नगरपालिकाको शवसंग्रह गृह लासहरुले भरिएको कारण आइस प्यालेसमा अस्थायी शवगृह बनाइएको समाचारमा बताइएको छ । मृतकका आफन्त र शोकमग्न व्यक्तिहरुले अस्पतालको कम्पाउण्ड भरिने गरेको छ ।

समस्याका बाबजुद स्वास्थ्यकर्मीहरुले २४ सै घण्टा बिमारीको सेवामा तल्लिन छन् तर उनीहरु थाक्दै र शिथिल हुँदै गइहेका छन् । स्वास्थ्यसेवालाई निरन्तर राख्न छोटो अबधिको तालिम दिएर सहयोगी स्वास्थ्यकर्मीहरु खटाउन थालिएको छ । राष्ट्रिय सेनाले बिमारी र स्वास्थ्यकर्मीहरुलाई खाना आपूर्ति गरिरहेको छ ।

स्पेनमा पुरै देशमा लकडाउन गरिएको छ । मार्च १४ बाट लकडाउन शुरुवात गरेको थियो । प्रधानमन्त्री पेड्रो सान्चेजले अप्रिल ११ सम्म लकडाउन कायम राख्ने संकेत गरेकका छन् । उनले स्पेनी संसदमा त्यस्तो प्रस्ताव पेश गरेका छन् । साथै विपक्षी दलहरुलाई निरन्तर सम्पर्कमा लिएर सरकारले काम गरिरहेको छ ।

लकडाउनमा रहेका मान्छेहरु घर र आफ्नो ओछ्यान मै पनि मृत भेटिन थालेका छन् । यसरी मृत भेटिएका मध्ये अधिकांश बृद्धबृद्धा रहेको बताइएको छ । स्पेनमा कोरोनाबाट मर्ने ६८ प्रतिशत ६० बर्षभन्दा माथिका भएको बताइएको छ । थप १८ प्रतिशत ५० देखि ५९ बर्ष उमेर समूहको रहेका छन् । मर्नेहरु मध्ये ५१ प्रतिशत पुरुष ४९ प्रतिशत महिला छन् । प्रधानमन्त्री पत्नी बेगोना गोमेजसंगै दुई क्याबिनेट मन्त्रीसमेत कोरोना पोजिटिभ भएको समाचारमा उल्लेख छ ।   
   
स्पेनी प्रधामन्त्री पेड्रो सान्चेजले युरोपियन युनियनलाई कोराना संकटको सामधानका लागि सहकार्य गर्न, अर्थिक संकट हल गर्ने मार्शल प्लान बनाउन आग्रह गरेका छन् । मेड्रिडका मेयर जोशे लुइस मार्टिनेजले नगरपालिकाले शवहरुको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । तर त्यसकार्यका लागि आवश्यक सामग्रीहरु अभाव हुन थालेको चिन्ता उनले व्यक्त गरेका छन् । मेयर मार्टिनेजले स्वास्थ्यमन्त्री इल मुन्डोलाई थप स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन माग गर्दै चिट्ठी लेखेका छन् ।

कोरोना नफैलिएको क्षेत्रमा ठूलो त्रास छ । मानिसले जीवनप्रतिको आशा गुमाउन र निरास हुन थालेका छन् । तर प्रधानमन्त्री सान्चेजसले निरास नहुन बारम्बार आग्रह गर्ने गरेका छन् । स्पेनको स्थिति कुन विन्दूमा पुगेर कसरी नियन्त्रण होला, कसैले भन्न सकेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय