scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

कोरोनाले अगाडि सारेको चुनौतिलाई अवसरमा बदलौं

हरिप्रसाद गौतम

याे विश्वव्यापीकरणको युग, विकास र प्रविधिले विश्व नै एउटै गाउँजस्ताे भएकाे २१औं शताब्दिका बेला विश्वलाई नै हल्लाउने गरी काेभिड-१९ भाईरस विश्व यात्रा द्रुत गतिमा गर्दैछ । लाखौं मानिसहरु आतङ्कित भएका छन् । विभिन्न देशहरुले संकटकालीन अवस्था घाेषणा गरी रहेका छन् भने विदेशमा रहेका आफ्ना नागरिकहरुलाई आफ्नाे देश फर्काउन र भाईरसकाे महामारीबाट बचाउन अनेकाै उपायहरु अपनाईरहेका छन् । याे केही मात्रामा हाम्राे देश नेपालले पनि गरिरहेकाे छ ।

जसरी चीनबाट याे भाईरसकाे फैलावट भयाे यसले खाली मानिसकाे स्वास्थ्यमा मात्र असर पुर्‍याएकाे छैन, राज्यसंयन्त्रकाे हरेक क्षेत्रमा काेभिड-१९ भाईरसकाे प्रभाव परिरहेकाे छ । आर्थिक, औद्योगिक, पर्यटन, व्यापार, कृषि सबै क्षेत्रमा असरहरु देखा परिरहेका छन् । विकसित राष्ट्रहरुले यस्ता प्रभावबाट आफ्नाे अर्थतन्त्रलाई डगमगाउन नदिन विभिन्न आर्थिक प्याकेजका कार्यक्रमहरु घाेषणा गरिरहेका छन् । तर हाम्राे जस्ताे हरेक वस्तुमा परनिर्भर रहेका देशहरुकाे लागि याे निकै ठूलाे चुनाैति हुँदैछ ।

नेपालकाे सन्दर्भमा हालसम्म याे भाईरसकाे प्रकाेप नदेखिएता पनि यसबाट सिर्जित अन्य असरहरु तत्काल देखिईसकेकाे छ । विश्वभरि नै भाइरसलाई फैलन नदिन देशका भाैगाेलिक सीमाहरु सिल गर्दै व्यापारिक गतिविधि राेक्न विभिन्न देशले कडाईका साथ निर्देशन दिईसकेका छन् । दक्षिणतर्फकाे छिमेकी भारतमा काेभिडकाे संक्रमण फैलदै छ, जसकाे परिणाम नेपालकाे लागि राेग र भाेककाे महामारी फैलने सम्भावना अधिक रहन्छ । भारतमा याे भाईरस नदेखिदै हाम्राेमा अत्यावश्यक वस्तुहरुकाे अभाव देखिन थालिसकेकाे थियाे । अब त अवस्था झन भयावह नहाेला भन्न सकिन्न ।

भारतीय प्रधानमन्त्रीले जनता कर्फ्यू लगाएका छन् भने नेपाल सरकारले नाकाहरु केही दिनकाे लागि सिल गर्दैछ । नेपाल र नेपालीहरुलाई दैनिक उपभाेग्य वस्तु कसरी आपूर्ति गर्ला ? सरकारले हल्लैहल्लामा कालाबजारी माैलाउने ठाउँमा याे महामारीले साँच्चै भारतबाट आयात ठप्प भयाे भने के हाेला ? हाम्रा खेतबारी बाँझै छन् । उत्पादकत्व वृद्धि भएकाे छैन । वार्षिक ३२ अर्बकाे चामल, १० कराेडकाे काेदाे, अझ २ कराेडभन्दा धेरैकाे गुन्द्रुक आयात गर्ने हाम्राे आयातमुखी बजारले कसरी धान्ला माग ?

हरिप्रसाद गौतम

विश्व बजारमा राेजगारीमा रहेका करिब ५० लाख युवाहरु अहिले कमाईविहिन भएका छन् । धेरैजसाे क्वारेटाईनमा बसेका छन् । याे संकटकाे घडीमा रेमिट्यान्स शून्यकाे अवस्था छ । बिदामा घर आएका युवाहरु काममा फर्कन पाएका छैनन भने खाद्यान्न जाेहो गर्ने बजार निस्केका युवाहरुलाई विभिन्न देशहरुले नेपाल फर्काईदिँदै छ । आजकाे घडीमा ५० लाख युवालाई आफ्नै देश फर्कन हतार छ, अवसर र राेजगारी भन्दा आफ्नाे स्वास्थ्य महत्वपूर्ण भएकाे छ । उनीहरुलाई सुरक्षित स्वदेश फर्कने वातावरण सरकारले बनाउला नै ।

अवसर र राेजगारीकाे लागि विश्वकाे जुनसुकै कुनामा पुगे पनि संकट र जाेखिमकाे बेला आफ्नै घर र देशकाे आवश्यकता पर्दाेरहेछ भन्ने शिक्षा काेभिड-१९ भाईरसकाे महामारीले सिकाउँदै छ । हरेक देशले आफ्ना नागरिक कहाँ कहाँ छन् ? कसरी स्वदेश ल्याउने भन्ने याेजना बनाइरहेका छन् भने नागरिकहरु पनि जसरी हुन्छ आफ्नै देश फर्कन पाए सुरक्षित हुनेथियाे भन्ने खाेजमा छन् । देशले मलाई के दियाे र ? भन्दै विदेश जानेहरुलाई पनि आज देशमै छिटाेभन्दा छिटाे फर्कन हतार छ । उनीहरुलाई देशले के दिएकाे थियाे भन्ने जवाफ काेराेनाले दिएकाे छ । अब उनीहरुमा देशमा नै केही गर्नुपर्छ भन्ने भावना आएकाे छ ।

काेराेना भाईरसले विश्व अर्थतन्त्रलाई नै नराम्राे असर पारिरहेकाे छ । हामीमा पर्दैन भन्ने हुँदैन । अझ हामी त आयातमुखी अर्थतन्त्रमा निर्भर छाैं । नाकाबाट १० वटा ट्रक राेकिँदा हाम्राे चूलाेमा बसाल्ने भाँडाेमा असर पर्छ। हरेक क्षेत्रमा चुनाैतिहरु थपिएका छन् । अब ती चुनाैतिकाे सामना गर्ने कसरी ?

भनिन्छ- चुनाैति (समस्या) एक्लै आउँदैन । साथमा अवसर पनि आएकाे हुन्छ । त्याे अवसरलाई सदुपयाेग गर्न सके समस्याबाट निस्कन सहज हुन्छ । अब अवसरलाई कसरी सदुपयाेग गर्ने त ? आउनुहोस्- त्यता लागाैं ।

हाल काेराेना भाईरसकाे प्रत्यक्ष प्रभाव त परेकाे छैन । तर पनि यसका लागि सरकार र नागरिकहरुले सतर्कता अपनाउनु नै पर्छ । साथै अप्रत्यक्षरुपमा परेका समस्याहरुसँग जुध्न अब ढिला गर्नु हुँदैन । सबैभन्दा ठूलाे समस्या खाद्यान्नमा देखिँदै छ । हाम्रोमा कृषियाेग्य जमिनहरु बाँझै छन् । उत्पादकत्वमा वृद्धि हुनुकाे सट्टा घट्दाे छ । आफ्नै देशकाे उत्पादनले ६ महिनालाई धान्न गाह्राे छ । केही वर्षअगाडिकाे नाकाबन्दीमा पनि आत्मनिर्भर बन्नुपर्छ । अब खाेरिया खनेर भए पनि उत्पादकत्व बढाउनुपर्छ भन्ने राष्ट्रवादी आवाजहरु धेरै सुनियाे । तर व्यवहारमा लागू हुन सकेन । अब याे संकटबाट सिक्नुपर्छ ।

कृषिमन्त्रिले कृषिमा सहुलियतपूर्ण ऋण दिने कृषककाे नाफाकाे ज्ञारेन्टी गर्ने भन्ने याेजना सार्वजनिक गर्नुभएकाे छ । अब त्यतिले मात्र कृषि क्रान्ति हुँदैन । अब वैदेशिक राेजगारदाताबाट धेरै युवाहरु फर्काईने छन् । उनीहरुलाई राेजगारी दिने गरी कृषि क्षेत्र तयार हुनुपर्छ । विदेशबाट फर्किएका युवाहरुलाई सहुलियतमा ऋण दिएर केमा ? कहाँ ? कसरी ? लगानी गर्ने भन्ने नभै लिएकाे ऋण उसलाई निल्नु न ओकल्नु हुनेछ । त्यसैले अब सरकारले हरेक कृषकलाई कृषियाेग्य जमिन, बालीकाे पकेट क्षेत्र छुट्याएर, जग्गा चक्लाबन्दी गरी एकजना कृषकलाई कम्तिमा दुई विगाह जग्गा दिने रणनीति बनाउने हाे भने कृषि क्षेत्रमा केही प्रगति हाेला नत्र त उही पार्टीका झाेले कार्यकर्ताले कागजी कृषि देखाएर ऋण र अनुदान लिने र सरकारलाई ठग्ने बाहेक केही हुँदैन ।

चामल, हरियाे तरकारी, प्याज, लसुन, खुर्सानी, माछा, खसीबाेका, दूध, बिजुली, बायाे ग्यास, साैर्य ऊर्जा, सिमेन्ट, फलाम, काठ यी वस्तुहरुमा हामी आत्मनिर्भर हुनेगरी याेजना तयार गर्नुपर्दछ ।

अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा अर्थशास्त्री हुन् । उनमा अर्थतन्त्रकाे ठूलाे ज्ञान हाेला तर उनले भनेकाे ‘वैदेशिक राेजगारीमा फिर्ता जान नपाउने युवालाई प्रधानमन्त्री स्वराेजगारकाे पैसा बाँढ्ने र पाल्ने याेजना भएकाे र चिन्ता नलिन’ गरेकाे आग्रहले उनमा सतहि ज्ञान मात्र रहेछ कि भन्ने भान हुन्छ । युवालाई राेजगारीकाे नाउँमा फेरि झार उखेल्ने काममा नै अल्झाउने हाे भने यस्ता राेजगारीले देशकाे कुलग्राहस्थ उत्पादनमा वृद्धि गर्छ अर्थमन्त्री ज्यु ? जसरी शेयर बजारलाई अनुत्पादक क्षेत्र हाे भन्ने अर्थमन्त्रीकाे बुझाई छ, याे प्रधानमन्त्री राेजगार कार्यक्रम पनि अनुत्पादक क्षेत्रमा गरिएकाे लगानी हाे भनी मन्त्रीज्युले बुझ्ने कहिले ? यस्ता कार्यकर्ता र झाेलेहरुलाई पाल्ने कार्यक्रम तत्काल बन्द गर्नुपर्छ ।

विद्वान अर्थमन्त्रीले याे सकटलाई अब यी यी क्षेत्रमा राेजगारी सिर्जना गरी हरेक युवालाई उद्यमी, राेजगारी र स्वदेशमै रहने वातावरण बनाईंदै छ भन्नुकाे सट्टा यस्ता सतही कुराले अर्थतन्त्र कसरी धानिएला ?

अब अर्थमन्त्री, कृषिमन्त्री र उद्योगमन्त्री एकैठाउँमा बसेर तत्काल कार्यान्वयन गर्न सकिने विशेष याेजना ल्याउनुपर्छ । ५० लाख युवालाई स्वदेशमै राेक्ने दिर्घकालीन उपाय सुल्झाउनुपर्छ । एउटा सानाे उदाहरण नै लिऊँ- एक लाख युवालाई कम्तिमा २ बिगा कृषियाेग्य जग्गा, सहुलियतमा ऋण र कृषि उपजकाे बिमा गरिदिने हाे भने प्रत्यक्ष ५ लाख राेजगारी सिर्जना हुन्छ । अप्रत्यक्षरुपमा अर्काे ५ लाखले राेजगारी पाउँछन् । टुक्राटाक्री खेती गर्ने परम्परालाई एकीकृत गरी बृहत् उत्पादनमा लाग्नु पर्छ । तब खाद्यान्नमा आत्मनिर्भर हुन समय लाग्दैन ।

ग्यासकाे ठाउँमा हरेक भान्सामा विद्युतीय चुलाे बाल्नुपर्छ । विद्युत उपयाेगलाई प्राथमिकता दिने, विद्युतीय सामग्री उत्पादनकाे लागि उद्योग स्थापना गर्ने ग्यास आयातलाई १०% मा झार्ने सक्ने लक्ष्य लिनुपर्छ । यसले अर्बाै पैसा विदेश जान राेक्नेछ । पर्यटन उद्योगमा विशेष याेजना बनाउनु पर्छ । यति मात्र गर्न सकियाे भने ६ महिनाबाट नै सकारात्मक प्रभाव आउन थाल्छ । केही वर्ष पछि आपूर्ति मन्त्रालयकाे ठाउँमा निर्यात मन्त्रालय राख्न सक्ने हुन्छाैं ।

अब गाउँका अलपत्र छाडिएका घर लिपपाेत गराैं । उजाडिएका र पाती फुलेका खेतवारी हरियाे बनाऊँ । विदेशकाे कमाई खहरेको भलपानी जस्तै हाे । आफ्नै मातृभूमिलाई विकास र समृद्धिकाे बाटाे अगाडि बढाउन आफ्नै माटाेमा पसिना बगाऔं । यहाँ रहेकाे सेताे सुन (बिजुली), कालाे सुन (फलाम), हरियाे सुन (अर्गानिक तरकारी), कालिगण्डकीमा बग्ने सुन र हरियाे डलर (पर्यटन)लाई सक्दाे उपयाेग गराैं । विद्युतीय सामग्री र विद्युतलाई ग्यास र तेलकाे विकल्पमा प्रयाेग गराैं । अरुले पठाउला र सुखले खाउँला भन्ने मानसिकता त्यागौं । हल्लैकाे भरमा खानाकाे अनिकाल पर्छ भन्दै सकेकाे किनेर थुपार्ने हैसियतलाई जस्ताेसुकै महामारी र अनिकालमा पनि आयातमुखी भई मुख थाप्न छाडाैं । कुनै पनि काम सानाे ठूलाे हुँदैन । खाेरिया खनाैं । स्वाबलम्बी बनाैं । काेभिड-१९ ले यहि सिकाएकाे छ । बेलैमा सचेत बनाैं ।

यसले हामीलाई अर्काे अवसर नि दिएकाे छ । दक्षिणतर्फकाे सीमालाई व्यवस्थित गर्ने । सबेै देशले आफ्ना सीमाहरु बन्द गर्ने घाेषणा गरिसकेका छन् । तर हाम्राे दक्षिणकाे सीमा बन्द गर्न अहिले सम्भव देखिएकाे छैन, जहाँबाट जाे पनि नेपाल प्रवेश गर्न सक्छन् । यस्ता राेगहरु मात्र हाेईन भविष्यमा याेभन्दा खतनाक राेगहरुकाे विकास र महामारी फैलने सम्भावना अधिक छ । अबकाे विश्वयुद्ध बम बारुदकाे हुने छैन । यस्तै भाईरसकाे विकास र महामारी फैलाएर हुने संकेत काेभािड-१९ काे महामारीले केही हदसम्म देखाएकाे छ । आपराधिक गतिबिधिलाई त खुल्ला सीमाले राेक्नै सक्दैन । सीमा मिचिने समस्या विकराल बन्दै गएकाे छ । यहि भाइरसले दिएकाे चुनाैतिलाई दुई देशीय संयन्त्रबाट अब खुल्ला सीमा बन्द गर्ने अवसरकाे रुपमा काम सुरु गर्नुपर्दछ । अब सीमा सदाकाे लागि नियन्त्रित बनाईनुपर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय