scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

‘कमरेड’ ब्रिट्नी स्पेयर्स आह्वान- अमेरिकामा सबैको सम्पत्ति बाँडफाँड गरौं

एजेन्सी, १३ चैत । चर्चित अमेरिकन गायिका ब्रिट्नी स्पेयर्सले अमेरिकामा सम्पत्तिलाई पुनर्वितरणका लागि आन्दोलनको आह्वानलाई तीव्र बनाएकी छिन् । उनले इन्स्टाग्राममा एक अपिल पोस्ट गर्दै आन्दोलनका लागि आह्वान गरेकी हुन् ।

हलिउडकी विश्वप्रसिद्ध गायिका ३८ वर्षीया ब्रिट्नीले लेखक तथा समाजवादी राजनीतिज्ञ मिमी झूको ग्राफिकलाई इन्स्टामा शेयर गर्दै लेखेकी छिन्, ‘हामी एकअर्कालाई खुवाउने छौं, सम्पत्तिको पुनर्वितण गर्ने छौं, आन्दोलन ।’

Dish_Home

ब्रिट्नीले उक्त ग्राफिकमा क्याप्सन लेखेकी छिन्, ‘पर्खालहरु परको सामुदायिक कदम’ । त्यसमा उनले तीनओटा रातो गुलाफको इमोजी राखेकी छिन् । उक्त सिम्बल समाजवादी कारकसँग सम्बद्ध छ ।

ब्रिट्नीको यो पोस्टलाई उद्धृत गर्दै गार्डियन लगायतका पत्रपत्रिकाहरुले उनलाई ‘कमरेड ब्रिट्नी’ भनेर सम्बोधन गरेका छन् ।

झूको पोस्टमा भनिएको थियो, ‘आइसोलेसनको समयमा, हामीलाई अरु बेलाको भन्दा धेरै सम्पर्कको खाँचो छ, आफ्नो प्रियजनहरुलाई सम्पर्क गर्नुहोस्, भर्चुअल पत्र लेख्नुहोस् । भर्चुअल सञ्चारको प्रविधिहरु प्रयोग गर्नुहोस्, स्ट्रिमिङ र ब्रोडकास्टिङ हाम्रो सामाजिक सहर्कायको पाटो हो ।’

उनको पोस्टमा वेबको माध्यमबाट सबै एकआपसमा जोडिनु पर्ने र आफूहरुसँग भएको सम्पतिलाई बाँडफाँड गर्नुपर्ने साथै आन्दोलनमा उत्रिनुपर्ने आह्वान गरिएको छ ।

ब्रिट्नीको आफ्नै भाग्य र व्यवसायिक निर्णय पनि उनको हातमा छैन । २००८ फेब्रुवरीदेखि उनी आफ्नै बुवाको कन्जर्भेसनमा छिन् । पब्लिक ब्रोकडाउनको सामना गरेकी उनी साइक्याट्रिक वार्डमा बसेकी थिइन् ।

त्यसयता उनले धेरै एल्बमहरु रिलिज गरेकी छिन् । घुमघाम र विभिन्न स्टेज पर्फमेन्स पनि दिएकी छिन् । तर २०१९ देखि उनको व्यवसायिक करियर रोक्किएको छ उनको बुवाको कमजोर स्वस्थ अवस्थाको कारण । कानुनी विश्लेषकहरु ब्रिट्नी जतिको सक्षम बयस्क यस्तो किसिमको सुरक्षित व्यवस्थाभित्र बस्नु सामान्य रहेको बताउँछन् ।

अघिल्लो सप्ताह ब्रिटनीले एउटा ह्यासट्याग डु योर पार्ट च्यालेन्ज नामको इस्टाग्राममा भएको अभियानमा सहभागी बनेकी थिइन् । उनले त्यहाँ यदि कोही पनि कोरोना भाइरस संक्रमणको यो अवस्थामा गरिब तथा अभावमा बाँचिरहेको बालबालिकाहरुको लागि खाना खरिद गर्न चाहन्छ भने आफूलाई डाइरेक्ट म्यासेज गर्न आह्वान गरेकी थिइन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय