scheduleसोमवार चैत्र २४ गते, २०७६

पकेट मैत्री फोन सामसङ जेट फ्लिप


एजेन्सी, १३ चैत । सामसङले यो वर्ष आफ्नो नयाँ फोल्डेबल फोन ग्यालेक्सी जेट फ्लिप फोन सार्वजनिक गर्‍यो । बजारमा यसलाई अहिले पकेटमैत्री फोनको नाम पनि दिइएको छ ।

सामसङ कम्पनीका पछिल्ला फोल्डेबल फोनहरुको तुलनामा यो फोन निकै फरक छ । ग्यालेक्सी फोल्ड फोनलाई यसको वाई एक्सिसबाट भर्टिकल्ली फोल्ड गर्न सकिन्छ तर यो फोनलाई एक्स एक्सिसबाट हरिजेन्टल्ली पनि फोल्ड गर्न मिल्छ ।

यिनै कारण यो फोनलाई तपाई पकेटमा सजिलै राख्न सक्नुहुन्छ । यसको लुक्स र डिजाइन पनि एकदमै आकर्षक छ ।

Dish_Home

यो फोनमा नयाँ फोल्डेबल प्रविधि पनि प्रयोग भएको छ । फोनलाई तपाई पट्याएर फोल्ड गर्नसक्नुहुन्छ । यसमा फोल्डेबल हिंजलाई निकै सुरक्षित बनाइएको छ ।

गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी फोल्डको हिंजमा निकै समस्या देखिएको थियो । यिनै कारण फोल्डको बिक्रीमा ढिलाई भएको थियो । तर अहिलेका नयाँ फोनमा हिंजलाई सुरक्षित बनाइएको छ ।

तर फोल्डेबल स्क्रिन भएको हुँदा यसलाई होशियारपूर्वक प्रयोग गर्नुपर्छ । यसालाई ल्यापटप जसरी फोल्ड गर्न सकिन्छ ।

यो फोनमा ६.७ इन्चको इनफिनिटी डिस्प्ले राखिएको छ । यसको स्क्रिन बेन्डेबल अल्ट्रा थिन ग्लास युटीजीबाट बनाइएको छ । यस्तो किसिमको ग्लास प्रयोग भएको यो पहिलो फोन हो । फोनलाई फोल्ड गरिसकेपछि यसको स्क्रिनलाई मल्टिटास्किङ प्रपोजको लागि प्रयोग गर्न सकिन्छ ।

यसमा कम्पनीले इनोभेटिभ फ्लेक्स मोडको प्रयोग गरेको छ । यो मोड एन्ड्रोइड १० मा आधारित वान युआइ २.० का लागि डिजाइन गरिएको हो । यो फोनमा ७ एनएम स्नापड्राऊन ८५५ प्लस एसओसी प्रोसेसर प्रयोग गरिएको छ । स्टोरेज क्षमताको कुरा गर्दा यसमा ८ जीबी र्‍याम छ र २५६ जीबी स्टोरेज छ । यसमा ई सीमको साथै सिगल नैनो सिम पनि प्रयोग गर्न मिल्छ ।

यसमा १० एमपी सेल्फी क्यामेरा छ । यसमा एचडीआर १० प्लस क्वालिटीको तस्विर आउँछ । यसमा आठ एक्सको अप्टिकल जूम छ । यसको फ्रन्ट र ब्याकमा राम्रो क्यामेरा फिचर दिइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय