scheduleमगलवार चैत्र २५ गते, २०७६

इटालीमा कोरोना भाइरस: बुधबारमात्रै ६८३ जनाले ज्यान गुमाए

काठमाडौँ, १३ चैत । इटालीमा कोरोना भाइरसको कारण बुधबार ६८३ जनाले ज्यान गुमाएका छन् । हालसम्म भाइरसका कारण मर्नेहरुको संख्या ७५०३ पुगेको छ । बुधबार सम्मको तथ्यांकका अनुसार संक्रमित हुनेको संख्या ७४ हजार ३८६ पुगेको छ । बुधबार झण्डै ५ हजार २१० नयाँ केशहरु देखिएका छन् । त्यस्तै ९ हजार जनाभन्दा बढी निको भएर घर फर्किएका छन् ।

इटालीमा स्थिति थप भयावह बनेको अधिकारीहरुले जनाएका छन् । दुई हप्तामा मृत्युदर निकै उच्च रहेको छ । संक्रमणले देशनै अस्थितरमा जाने संकेत आएको अधिकारीहरुले बताएका छन् ।

Dish_Home

यो संक्रमणबाट बाहिर आउने आश लाग्दा केही दृश्यहरु इटालीमा देखिएका छन् । मानिसहरु घरको बरण्डाबाट कराएर हामी पुनः स्थिर हुनेछौँ । हाम्रो देश यो समस्याको समाधान गर्छ भन्ने सकारात्मक व्यानरहरु घरमा टासिएका छन् ।

मिडिया रिपोर्टका अनुसार उपचारका लागि खटिएका डाक्टरहरु समेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै औषधि अभावमा उनीहरुको ज्यान गएको छ ।

हालसम्म २३ जना डाक्टरको ज्यान गएको छ । शब जलाउने ठाउँको अभाव भएको अधिकारीहरुले बताएका छन् ।

केही दिन यता सैनिकको गाडी प्रयोग गरेर लाशहरु व्यवस्थापन गर्ने काम भएको छ । हस्पिटल बाहिर सैनिकको गाडीको लाम लाग्ने गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय