scheduleमगलवार चैत्र २५ गते, २०७६

कोरोना भाइरसः अमेरिकामा नयाँ रकेर्ड

काठमाडौँ, १३ चैत । अमेरिकामा कोरोना भाइरसका बुधबार पनि झण्डै ११ हजार नयाँ संक्रमित एक दिनमै फेला परेका छन् । यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।  त्यस्तै बुधबारमात्रै अमेरिकामा १५५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ९३५ पुगेको छ ।

संक्रमतिहरुको संख्या झण्डै ६६ हजार पुगेको छ । अमेरिकामा पनि औषधिको चरम अभाव देखिएको छ ।

Dish_Home

अमेरिकामा भयावह स्थिति आएको र योसँग लड्न चौतर्फी सहयोगको खाँचो रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकाले कोरोना भाइरसलाई गम्भीरताका साथ नलिदा अमेरिकाले ठुलो क्षति भोगिरहेको अधिकारीहरुको दाबी रहेको छ ।

बितेका दुई हप्तामा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पले दिएको बयानलाई लिएर चौतर्फी आलोचना भएको छ । उनी अमेरिकी नागरिकप्रति गम्भिर नभएको आरोप लागेको छ । मिडिया रिपोर्टका अनुसार उनले पटकपटक गम्भीर विषयलाई राजनीतिकरण गरेको आरोप लागेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय