scheduleशुक्रवार श्रावण ३० गते, २०७७

स्पेनमा कोरोना भाइरसः चीनमाभन्दा पनि स्पेनमा मृत्यु हुनेको संख्या बढी ?

काठमाडौँ, १३ चैत । स्पेनमा कोरोना भाइरसले ताण्डप मच्चाइरहेको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या झण्डै ५० हजार पुगेको छ । त्यस्तै बुधबार मात्रै ६५६ जनाको मृत्यु भएको छ । हालसम्म भाइरसका कारण ३६४७ जनाको मृत्यु भएको छ । यो सँगै चीनमा भन्दा पनि स्पेनमा मर्नेहरुको संख्या बढी भएको छ । यही अवस्था रहे यो संकटले स्पेनमा अर्को महासंकट जन्माउने निश्चित रहेको अधिकारीहरुले बताएका छन् ।

बुधबार मात्रै स्पेनमा झण्डै सात हजार ५०० जना नयाँ संक्रमित फेला परेका छन् । यति धेरै संक्रमित एक दिनमा नै फेला परेको र संक्रमितहरुको ज्यान गएको यो पहिलो घटना हो ।

मिडिया रिपोर्टका अनुसार स्पेन पनि कोरोना भाइरसका कारण थलिएको छ । स्पेनमा औषधिको चरम अभाव भएको छ ।

कोरोना भाइरसविरुद्ध लड्न स्पेनमा सेलिब्रिटीहरुले आर्थिक सहयोग गरेका छन् । स्पेनको यो अवस्था आउनुमा स्पेन सरकार नै दोषी भएको अधिकारीहरुको भनाई रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय