scheduleमगलवार चैत्र २५ गते, २०७६

युरोपमा कोरोना कहरः यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, १३ चैत । जर्मनीमा ३७३२३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै ४३३२ जनामा यो भाइरस देखिएको छ । त्यस्तै भाइरसका कारण हालसम्म २०६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण फ्रान्समा हालसम्म १३३१ जनाको मृत्यु भएको छ । त्यस्तै २५२३३ जनाभन्दा बढी संक्रमित भएका छन् । फ्रान्समा एक दिनमा नै २९२९ जना संंक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

स्वीजरल्याण्डमा १०८९७ जना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म १५३ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै युकेमा कोरोना भाइरसका कारण ४६५ जनाको मृत्यु भएको छ । ९५२९ जना भाइरसबाट संक्रमति भएका छन् ।

नेदरल्याण्डमा कोरोना भाइरसका कारण ३५६ जनाको मृत्यु भएको छ । त्यस्तै ६४१२ भन्दा बढी संक्रमित रहेका छन् ।

अष्ट्रियामा कोरोना भाइरसका कारण ३० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ५५८८ पुगेको छ । बेल्जियममा कोरोना भाइरसका कारण १७८ जनाको मृत्यु भएको छ । तीब्र रुपमा फैलिएको भाइरसका कारण ४९३७ जना संक्रमित भएका छन् ।

नर्वेमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । त्यस्तै ३०८४ जना संक्रमित भएका छन् ।

पोर्चुगलमा कोरोना भाइरसका कारण ४३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या २९९५ पुगेको छ ।

स्पेन, इटालीपछि यी देशहरुमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय