scheduleमगलवार चैत्र २५ गते, २०७६

भारतमा कोरोना भाइरसः एक दिनमै थपिए १२१ जना नयाँ संक्रमित

काठमाडौँ, १३ चैत । भारतमा कोरोना भाइरसका कारण हालसम्म १२ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितहरुको संख्या ६५७ पुगेको छ । बुधबारमात्रै १२१ जना नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमितहरुको संख्या तीब्र रुपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले भारतलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गर्दै आइरहेको छ । उच्च सतर्कता अपनाउन नसके युरोपका देशहरुको जस्तो नियती भोग्नुपर्ने चेतावनी समेत दिएको छ ।

Dish_Home

संक्रमितहरुको संख्या बढ्दै गएपछि कोरोना भाइरसको प्रकोपलाई रोकथाम र नियन्त्रण गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगो भारतमा ‘लकडाउन’को घोषणा गरेका थिए ।

प्रधानमन्त्री मोदीले मंगलबार राति ८ बजे सम्बोधन गर्दै भारतका ३२ राज्यमा पर्ने सबै ५६० जिल्लामा २१ दिनका लागि लकडाउन घोषणा गरेका हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय