scheduleमगलवार श्रावण २७ गते, २०७७

खेलाडीहरुले कटौती गरेको तलब लिन स्वीकार

काठमाडौँ, १३ चैत । बायर्न म्युनिख र बोरुसिया डोर्टमण्डका खेलाडीहरुले कटौती गरेको तलब लिन स्वीकार गरेका छन् । कोरोना भाइरसका कारण सम्पुर्ण खेल गतिविधिहरु स्थगित भएपछि क्लबहरु पनि आर्थिक नोक्सानी भएका कारण उनीहरुले आपसी समझदारीमा कटौती गरेको तलब लिन मानेका हुन् ।

उनीहरुको तलब २० प्रतिशतले कटौती गरिएको बताइएको छ । यी दुई क्लबका पदाधिकारीहरुले समेत कटौती गरेको तलब लिन सहमति जनाएको बताइएको छ ।

त्यस्तै युनियन बर्लिनका खेलाडीहरुले कत्ति पनि तलब नलिने घोषणा गरेका छन् । यो महासंकटमा प्राय अधिकांश खेलाडीहरुले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय