scheduleआइतवार आषाढ़ २८ गते, २०७७

‘केनले उपाधि जितेनन् भने टोटनहम छोडे हुन्छ’

काठमाडौँ, १३ चैत । प्रिमियर लिग क्लब टोटनहमका स्टार खेलाडी हुन् ह्यारी केन । यस सिजनको मध्यतिर आएपछि चोटका कारण उनी मैदानबाहिर रहेका छन् । चोटका कारण पुरै सिजनै गुमाएका उनलाई अन्य ठुला क्लबले अनुबन्ध गर्न चाहेका छन् ।

प्रिमियर लिगका लिजेण्ड अलान सियररले केनले टोटनहमबाट उपाधि जित्न नसके क्लब छोड्दा उचित हुने बताएका छन् ।

उनले भनेका छन्, ‘केनले आउने १२ महिनामा एउटा पनि उपाधि जितेनन् भने क्लब छोडे हुन्छ ।’ उनलाई रियल मड्रिडले अनुबन्ध गर्न चाहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेड पनि उनलाई अनुबन्ध गर्न जस्तोसुकै मुल्य तिर्न तयार रहेको बताइएको छ ।
पछिल्लो समय टोटनहमको खेल खस्किएको छ । प्रशिक्षक जोसे मोउरिन्हो आएपछि क्लबले सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, फरवार्डहरु घाइते भएपछि टोटनहमको खेल एकपछि अर्को खेलमा खस्किएको छ ।

मोउरिन्हो जुनै पनि क्लबमा गएका छन् ती क्लबलाई उपाधि जिताउन सफल रहेका छन् । टोटनहमलाई पनि उपाधि जिताउने आशा फ्यानहरुले गरेका छन् । तर, उनले पनि उपाधि जिताउन नसके स्टार खेलाडीहरुले क्लब छोड्ने सियररको टिप्पणी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय