scheduleआइतवार चैत्र २३ गते, २०७६

‘मेस्सी र रोनाल्डोभन्दा पनि म सर्वोत्कृष्ट खेलाडी’

काठमाडौँ, १३ चैत । ब्राजिलियन लिजेण्ड पेलेले हालको अवस्थामा विश्वकै उत्कृष्ट खेलाडी पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको बताएका छन् । उनले मेस्सीभन्दा पनि रोनाल्डोको खेल सन्तुलित रहेका कारण उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘रोनाल्डोले सन्तुलित खेल प्रदर्शन गर्दै आइरहेका छन् । मेरो नजरमा उनी उत्कृष्ट खेलाडी हुन् । तर, यी दुवै खेलाडीभन्दा म सर्वोत्कृष्ट खेलाडी हुँ । उनीहरुको समयमा म धेरै उत्कृष्ट रहेको थिए ।’

Dish_Home

मेस्सीले हालसम्म्म ६ वटा गोल्डेन बल हात पारेका छन् भने रोनाल्डोले ५ वटा हात पारेका छन् । मेस्सीले यस सिजन सबै प्रतिस्पर्धामा गरेर २२ गोल गरेका छन् भने रोनाल्डोले २५ गोल गरेका छन् ।

पेलेले फिलहाडो नामक एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा मेस्सीको पनि तारिफ गरेका थिए भने रोनाल्डोलाई उत्कृष्ट खेलाडी भएको टिप्पणी गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय