scheduleआइतवार चैत्र २३ गते, २०७६

हात्तीको आक्रमणबाट दुई जना घाइते

काठमाडौँ, १३ चैत । सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उनकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिए ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उनीहरुलाई सुँढले तानेर फाल्दा घाइते हुनुभएको हो । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उनले जानकारी दिए ।

Dish_Home

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उनले बताए । .कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उनले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय