scheduleबिहिवार चैत्र २० गते, २०७६

कोरोना प्रभाव : चैत मसान्तसम्म कर्जाको साँवा, ब्याज भुक्तानी गर्नु नपर्ने

काठमाडाैं, १३ चैत ।  कोरोना प्रभावित व्यवसायीहरूले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बैँक तथा वित्तीय संस्था र गैरबैँकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यावहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको साँवाब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ निर्देशनमा भनिएको छ । कुन कुन व्यवसाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन ।

Dish_Home

सो अवधिमा प्रवाह भएको कर्जाको वर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैँकलाई निर्देशन दिएको छ । बैँकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई सङ्क्रमणरहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय