scheduleआइतवार चैत्र २३ गते, २०७६

ऊर्जामन्त्री पुन भन्छन्- ४ हजार विद्युतीय चुलो बिक्रीमा छ


काठमाडौं, १३ चैत । ऊर्जामन्त्री वर्षमान पुनले सरकारले विद्युतीय चुलोहरु बिक्रीमा राखेको जानकारी दिएका छन् । विहीबार फेसबुक सन्देश जारी गर्दै मन्त्री पुनले भनेका छन्, ‘धेरै मित्रहरुले इन्डक्सन चुलोबारे सोध्नुभयो । वाणिज्य मन्त्रालयले ४ हजार थान विद्युतीय चुलो बिक्रीमा राखेको छ ।’

मन्त्री पुनका अनुसार चुलो किन्न धान गोदाम खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीमा सम्पर्क गर्न सकिनेछ । उनले थप जानकारीका लागि सचिव बैकुण्ठ अर्यालको नम्बर ९८५११३१९१३ पनि सार्वजनिक गरकेा छन् ।

सरकारले विद्युत खपत घटेको भन्दै विद्युतीय चुलो प्रयोग गर्न आह्वान गरेको छ भने यसबापतको विद्युत महसुल पनि घटाउने जनाएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय