scheduleआइतवार चैत्र २३ गते, २०७६

दूध किन्न घरबाहिर जाँदा प्रहरीको कुटाइपछि मृत्यु

लकडाउन उल्लंघन गरेको भन्दै भारतमा प्रहरीको लाठीचार्ज ।

एजेन्सी, १३ चैत । लकडाउनमा घरबाहिर जाँदा प्रहरीको कुटाइपछि भारतको पश्चिम बंगालमा एक ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार लकडाउनको समयमा दूध किन्न बजार जाँदै गर्दा उनलाई प्रहरीले कुटपिट गरेको थियो ।

लाल स्वामी नाम गरेका ती व्यक्तिलाई प्रहरीले सडकको जमघट तितरबितर पार्ने क्रममा लाठी चार्ज गर्दा कुटपिट गरेको थियो । कुटपिटपछि उनलाई हतारहतार अस्पताल त लगियो तर अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गर्‍यो ।

प्रहरीले उनी पहिलेदेखि नै मुटुरोगबाट पीडित रहेको र मृत्यु हृदयाघातका कारण भएको दावी गरेको छ । उनको परिवारले भने प्रहरीको कुटाइबाटै मृत्यु भएको आरोप लगाएको छ ।

Dish_Home

पश्चिम बंगालमा बिहीबारसम्ममा १० जनामा कोरोना भाइरसको संक्रमण भएको र एक जनाको मृत्यु भएको बताइएको छ । त्यहाँ ३१ मार्चसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय