scheduleबुधवार जेष्ठ २१ गते, २०७७

कोरोना संकटसँग जुध्न १ लाख ७० हजार करोड डलरको राहत प्याकेज घोषणा, के-के छ व्यवस्था ?


नयाँ दिल्ली, १३ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट जुध्न त्यहाँको अर्थमन्त्रीले १ लाख ७० हजार करोड डलरको राहत प्याकेज सार्वजनिक गरेकी छिन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगो भारतलाई नै २१ दिनसम्म लकडाउनमा राख्ने घोषणा गरिसकेका छन् । लकडाउनबाट अर्थव्यवस्थामा हुने क्षतिको परिपूरणका लागि अर्थमन्त्री निर्मला सीतारमणले विहीबार पत्रकार सम्मेलन गरेर राहत प्याकेज घोषणा गरेकी हुन् ।

उनले देशका कुनै पनि भोका मानिसलाई भोकै सुत्न नदिने बताएकी छिन् । कोरोना भाइरस संक्रमणको फैलावट रोक्न घोषणा गरिएको लकडाउनले जनजीवन र आर्थिक गतिविधि ठप्प भएपछि अर्थमन्त्री सीतारमणले लकडाउनबाट प्रभावित परिवारलाई मद्दत गर्ने बताएकी छिन् । उनले तत्काल राहत आवश्यक पर्ने परिवारलाई तत्कालै राहत दिने बताएकी छिन् ।

उनले प्रधानमन्त्री गरिब कल्याण योजना ल्याउने बताइन् । यो कोषमा १,७०००० करोडको प्याकेजको घोषणा गरिएको छ । यो योजनाभित्र ८० करोड मानिस अट्छन् । उनीहरुलाई ५ किलो चाम र गहुँ अतिरिक्त तीन महिनासम्म प्रदान गरिनेछ ।

Dish_Home

भारतमा आगामी तीन महिनासम्म जुनसुकै एटिएमबाट रकम निकाल्दा पनि अतिरिक्त शुल्क नलाग्ने घोषणा गरिएको थियो । त्यस्तै, बैंकमा न्यूनतम् शुल्क राख्नै पर्ने शर्त पनि हटाइएको छ ।

उज्ज्वला योजनाअन्तर्गत ८ करोड महिलालाई तीन महिनासम्म निशुल्क सिलिन्डर दिइने मन्त्रीले घोषणा गरेकी छिन् ।

महिला जनधन खातावालहरुलाई प्रति महिना ५०० रुपैयाँ आगामी तीन महिनासम्म प्रदान गर्ने र यसबाट २० करोड महिलालाई लाभ पुग्ने मन्त्री सितारमणले विश्वास गरिन् ।

मन्त्री सितारमणले कोरोनाविरुद्ध लडिरहेका स्वास्थकर्मीका लागि ८० लाख रुपैयाँको निशुल्क बीमाको व्यवस्था गर्ने घोषणा गरेकी छिन् ।

अहिलेसम्म भारतमा ६४९ जनामा कोरोना संक्रमण भेटिएको छ भने ४२ जना निको भइसकेका छन् ।

अमेरिकाले पनि कोरोनासँग जुध्दै अर्थतन्त्र जोगाउन भन्दै बुधबार ३ लाख करोड डलरको राहत प्याकेज घोषणा गरेको थियो ।

अपडेट १९:५३

भारतीय वित्तमन्त्री सीतारमणले भन्नुभयो, ‘कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्तीमा रहेका सरसफाइका क्षेत्रमा काम गर्ने कामदार, सामुदायिक स्वास्थ्य कार्यकर्ता, चिकित्सक, नर्स र प्यारामेडिकहरूका लागि प्रति व्यक्ति ५० लाखको बीमाको व्यवस्था गरिएको छ । सरकारले करिब ८० करोड गरीब अर्थात् कूल जनसङ्ख्याको दुई तिहाई व्यक्तिका लागि लकडाउन अवधिभरका लागि पाँच किलोग्राम चामल वा गहुँको पिठोको राहतको घोषणा गरिसकेकोमा अर्को पाँच किलोग्राम चामल वा गहुँ र एक किलोग्राम दाल सार्वजनिक वितरण प्रणाली मार्फत निःशुल्क दिनेछ ।’

‘सरकारले कोरोना यस तालाबन्दीमा कुनै पनि व्यक्तिलाई खानाको अभाव हुनेछैन,’ उनले प्रधानमन्त्री गरीब कल्याण योजनाको विशेषताबारे प्रकाश पार्दै भनिन् ।

वित्तमन्त्रीले भनिन्, ‘किसानहरूले अप्रिलको पहिलो हप्तामा दुई हजार रुपैयाँको पहिलो किस्ता प्राप्त गर्नेछन् । करिब आठ करोड ६९ लाख किसानहरूले यसबाट तत्काल फाइदा लिन सक्नेछन् ।’

बुढ्यौली पेंशनभोगी र विधवाका लागि अर्को तीन महिनामा दुई किस्तामा उपलब्ध हुने थप एक हजार रूपैयाँ आगामी तीन महिनामा दुई किस्तामा उपलब्ध गराइनेछ । यसले तीन करोड विधवा र जेष्ठ नागरिकलाई लाभान्वित गर्नेछ ।

महिला जनधन खाता खातावालाहरूका लागि आगामी तीन महिना प्रतिमहिना थप ५०० रूपैयाँ राहत स्वरूप दिइनेछ । यसले २० करोड महिलालाई फाइदा पु¥याउने विश्वास भारत सरकारले लिएको छ ।

भारतमा रहेका करिब ३.५ करोड निर्माण श्रमिकका लागि राज्य सरकारहरूलाई निर्माण र निर्माण मजदुरहरूको लागि कल्याण कोष प्रयोग गर्न निर्देशन गरिएको छ । जसमा २१ दिने तालाबन्दीका कारण आर्थिक अवरोधको सामना गरिरहेका मानिसहरूलाई सहयोग गर्न करीव ३१ हजार करोड रूपैयाँको व्यवस्था गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय