scheduleआइतवार चैत्र २३ गते, २०७६

कालोबजारी गर्ने तीन जना पक्राउ

जनकपुरधाम, १३ चैत । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो ।

Dish_Home

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल , वडा नं. ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नं ४ महावीर चोकका विकासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी  ५० र प्याज प्रतिकेजी  १०० मा बिक्री गरिरहेको जनाइएको छ । पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय