scheduleशुक्रवार चैत्र २१ गते, २०७६

स्वास्थ्य मन्त्रालयको निर्देशन- क्वारेन्टाइनको गाइडलाइनको पालना गर्नुहोस्


काठमाडौं, १३ चैत । स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बस्न तयार गरेको गाइडलाइनको पालना गर्न स्थानीय निकायलगायत सबै सर्वसाधारणहरुसँग आग्रह गरेको छ ।

बिहीबार कोभिड १९ बारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले स्थानीय पालिकाहरुले विदेशबाट आएका व्यक्तिलाई आफ्नो एरियामा राख्न र लक्षण देखिए आइसोलेसनमा राख्न आग्रह गरेका हुन् ।

उनले पालिकाका प्रमुखहरुलाई दैनिक क्वारेन्टाइन भ्रमण गर्न र त्यसबारे गृहमन्त्रालयलाई लेखिपठाउन पनि आग्रह गरिन् । सरकारले २५ वटा हस्पिटललाई हब हस्पिटल तोकेको उल्लेख गर्दै उनले फिबर क्लिनिक सञ्चालन गर्न ती अस्पताललाई १० लाखका दरले रकम उपलब्ध गराएको जानकारी दिए ।

Dish_Home

७ सयभन्दा बढी परीक्षण गर्दा तीनवटा बाहेक अन्य नेगेटिभ आएको उल्लेख गर्दै सचिव कोइरालाले बाहिरबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्न र ज्वरो देखिँदा तथा खोकी लाग्दा रोगको निश्चित नहुञ्जेल नअत्तालिन पनि आग्रह गरे ।

विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार ६ फिट टाढा बस्न र बाहिर जाँदा साबुनपानीले हात धुन पनि उहाले आग्रह गरे ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय