scheduleसोमवार चैत्र २४ गते, २०७६

नर्भिक अस्पतालमा छुट्टै कोभिड आइसोलेसन वार्ड सञ्चालनमा

काठमाडौं, १३ चैत । नर्भिक अस्पतालमा मूल भवन भन्दा छुट्टै १५ शैय्याको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा आएको छ । नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले सामाजिक सञ्जाल ट्विटरमा वार्डको फोटोसहित यस्तो सूचना दिएका हुन् ।

सञ्चालनमा आएको आइसोलेसन वार्ड सम्पूर्ण उपकरण जडित भएको पनि चौधरीले बताएका छन् ।

Dish_Home

बसन्त चौधरीले यसअघि नै कोरोना भाइरस नियन्त्रणका लागि बनाइएको कोषमा एक करोडको सहयोग गर्ने बताइसकेका छन् । उनले नर्भिक/बसन्त चौधरी फाउन्डेसनले ५० लाख नगद र ५० लाख बराबरको मेडिकल सामग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय