scheduleआइतवार जेष्ठ १८ गते, २०७७

सुनील ग्रोबरमाथि पनि प्रहरीले बर्सायो डन्डा !


एजेन्सी, १४ चैत । कोरोना भाइरसको संक्रमणको समयमा सरकारले लकडाउनको निर्देशन जारी गर्दै नागरिकहरुलाई बाहिर नहिड्न आह्वान गरेको छ । तर सरकारको निर्देशनलाई अवज्ञा गर्दै बाहिर हिंड्दा प्रहरीको डण्डाको शिकार हुनेहरुका भिडियो सामाजिक सञ्जाल भारी भइरहेको छ ।

यसबीच चर्चित बलिउड कमडेयिन सुनील ग्रोबर पनि प्रहरीको डण्डाको शिकार भएका छन् । उनले पनि सरकारको निर्देशनलाई अवज्ञा गरेर बाहिर निस्कने गल्ती गरेका थिए ।

यसको बदलामा उनले पनि सजाय भोग्नु परेको हो । भारतीय प्रहरीले सुनीलमाथि लाठी प्रहार गरेका थिए । यसको बारेमा सुनील आफैंले मिडियामार्फत् जानकारी दिएका छन् ।

Dish_Home

सुनीलले एक तस्विरमार्फत आफूमाथि घटेको घटनाको बारेमा जानकारी दिएका छन् । आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेका उक्त तस्विरमा उनी प्रहरीबाट पिटिरहेको देखिएको छ ।

तर वास्तवमा यो सुनील ग्रोबरले बनाएको एउटा मिम्स हो । उनले जनचेतनाका लागि आफूमाथि नै मिम्स बनाउँदै लेखेका छन्, ‘हाहाहा भगवानको लागि आफ्नै घरमा बस्नुहोस् । ’

अहिले यो मिम्स निकै भाइरल भईरहेको छ । यो मिम्सका लागि अहिले उनले खुब तारिफ पनि बटुलिरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय