scheduleशनिवार चैत्र २२ गते, २०७६

विश्वकै सबैभन्दा बढी संक्रमित अमेरिकामाः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

काठमाडौँ, १४ चैत । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ८५२३८ पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित हुने देश समेत बनेको छ । यसअघि सबैभन्दा धेरै संक्रमित हुने देशको सुचीमा चीन शिर्ष स्थानमा रहेको छ ।

विहीबारमात्रै अमेरिकामा २६६ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै १७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाले कोरोना भाइरसलाई राजनीतिक रुपमा हेर्दा आज यो समस्याले विकराल रुप लिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

Dish_Home

अमेरिकाले उच्च सतर्कता अपनाउन सबै खाले प्रयास गरे पनि भाइरस नियन्त्रण गर्न भने हम्मेहम्मे परिरहेको अधिकारीहरुको दाबी रहेको छ ।

अमेरिका यही तवरले भाइरस फैलिएमा ठुलो मुल्य चुकाउनु पर्ने र यसको जिम्मेवारी अमेरिकी सरकारको टाउकोमा आउने निश्चित रहेको उनीहरुको भनाई रहेको छ । अमेरिकाले अझै भयावह स्थिति देख्नै बाँकी रहेको उनीहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय