scheduleशनिवार चैत्र २२ गते, २०७६

इटालीमा कोरोना भाइरस, विहीबार ७१२ जनाले ज्यान गुमाए

काठमाडौँ, १४ चैत । इटालीमा कोरोना भाइरसको कारण विहीबार ७१२ जनाले ज्यान गुमाएका छन् । हालसम्म भाइरसका कारण मर्नेहरुको संख्या ८२१५ पुगेको छ । विहीबार सम्मको तथ्यांकका अनुसार संक्रमित हुनेको संख्या ८० हजार ५८९ पुगेको छ । विहीबार झण्डै ५ हजार २१० नयाँ केशहरु देखिएका छन् । त्यस्तै १० हजार जनाभन्दा बढी निको भएर घर फर्किएका छन् ।

हालसम्म ३३ जना डाक्टरको ज्यान गएको छ । शब जलाउने ठाउँको अभाव भएको अधिकारीहरुले बताएका छन् ।

Dish_Home

केही दिन यता सैनिकको गाडी प्रयोग गरेर लाशहरु व्यवस्थापन गर्ने काम भएको छ । हस्पिटल बाहिर सैनिकको गाडीको लाम लाग्ने गरेको छ ।

यो संक्रमणबाट बाहिर आउने आश लाग्दा केही दृश्यहरु इटालीमा देखिएका छन् । मानिसहरु घरको बरण्डाबाट कराएर हामी पुनः स्थिर हुनेछौँ भन्ने सन्देश दिन थालेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय