scheduleशनिवार चैत्र २२ गते, २०७६

स्पेनमा कोरोना कहरः एक दिनमै ७१८ जनाको मृत्यु

काठमाडौँ, १४ चैत । स्पेनमा कोरोना भाइरस संक्रमितहरुको संख्या झण्डै ५७ हजार पुगेको छ । त्यस्तै विहीबार मात्रै ७१८ जनाको मृत्यु भएको छ । हालसम्म भाइरसका कारण ४३६५ जनाको मृत्यु भएको छ । पछिल्लो समय स्पेनमा भयावह स्थिति रहेको छ । मृत्युदर अति नै उच्च भएपछि भयावह स्थिति सिर्जना भएको हो । यही अवस्था रहे यो संकटले स्पेनमा अर्को महासंकट जन्माउने निश्चित रहेको अधिकारीहरुले बताएका छन् ।

विहीबार मात्रै स्पेनमा झण्डै ८ हजार २७१ जना नयाँ संक्रमित फेला परेका छन् । यति धेरै संक्रमित एक दिनमा नै फेला परेको र संक्रमितहरुको ज्यान गएको यो पहिलो घटना हो ।

Dish_Home

मिडिया रिपोर्टका अनुसार स्पेन पनि कोरोना भाइरसका कारण थलिएको छ । स्पेनमा औषधिको चरम अभाव भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय