scheduleशनिवार चैत्र २२ गते, २०७६

पाकिस्तानमा कोरोना भाइरसः यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, १४ चैत । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२०१ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानमा संक्रमितको संख्या तीब्र रुपमा बढेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ९ पुगेको छ । विहीबारमात्रै १३८ जना नयाँ संक्रमति थपिएका छन् ।

मिडिया रिपोर्टका अनुसार पाकिस्तानमा औषधी अभाव हुन थालेको छ । संक्रमितहरुलाई उच्च प्राथमिकतामा नराखी उपचार गरिएको बताइएको छ । पाकिस्तानले चीनसँग सहयोग मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

पाकिस्तान आर्थिक रुपमा कमजोर रहेको छ । चीनसँग गरेको पहलले पाकिस्तानले कोरोनासँग लड्न सहज हुने अधिकारीहरुको दाबी रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय