scheduleशनिवार चैत्र २२ गते, २०७६

जर्मनी, फान्स लगायत यी युरोपिन देशमा यस्तो छ कोराना कहर

काठमाडौँ, १४ चैत । जर्मनीमा ४३९३८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै ६६१५ जनामा यो भाइरस देखिएको छ । त्यस्तै भाइरसका कारण हालसम्म २६७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण फ्रान्समा हालसम्म १६९६ जनाको मृत्यु भएको छ ।

त्यस्तै २९१५५ जनाभन्दा बढी संक्रमित भएका छन् । फ्रान्समा एक दिनमा नै झण्डै चार हजार जना संंक्रमित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Dish_Home

स्वीजरल्याण्डमा ११८११ जना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म १९१ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै युकेमा कोरोना भाइरसका कारण ५७८ जनाको मृत्यु भएको छ । ११६५८ जना भाइरसबाट संक्रमति भएका छन् ।

नेदरल्याण्डमा कोरोना भाइरसका कारण ४३४ जनाको मृत्यु भएको छ । त्यस्तै ७१३१ भन्दा बढी संक्रमित रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय