scheduleशनिवार चैत्र २२ गते, २०७६

स्पेनमा चार जना नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, १४ चैत । पछिल्लो समय विदेशमा रहेका नेपाली पनि कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु भएको समाचार आइरहेकाे छ । स्पेनमा चार जना नेपालीलाई कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अमेरिका र इटालीपछि स्पेनमा कोरोना भाइरसले वितण्डा मच्चाइरहेको छ । कोरोना भाइरसका कारण संक्रमित भएका नेपालीहरुको विवरण गोप्य राखिएको छ ।

चारै जना संक्रमितहरु पुरुष भएको स्रोतले जनाएको छ । एक जनाको अवस्था गम्भीर रहेको समेत बताइएको छ ।

Dish_Home

स्पेनमा कोरोना भाइरस संक्रमितहरुको संख्या झण्डै ५७ हजार पुगेको छ । त्यस्तै विहीबार मात्रै ७१८ जनाको मृत्यु भएको छ । हालसम्म भाइरसका कारण ४३६५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय स्पेनमा भयावह स्थिति रहेको छ ।

मृत्युदर अति नै उच्च भएपछि भयावह स्थिति सिर्जना भएको हो । यही अवस्था रहे यो संकटले स्पेनमा अर्को महासंकट जन्माउने निश्चित रहेको अधिकारीहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय