scheduleशनिवार चैत्र २२ गते, २०७६

सन्दीपद्वारा कोरोना भाइरसविरुद्ध लड्न राहत कोषमा एक लाख सहयोग

काठमाडौँ, १४ चैत । नेपालका चर्चीत क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाइरसविरुद्ध लड्न राहत कोषमा एक लाख सहयोग गरेका छन् ।उनले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो सहयोग रकमको घोषणा गरेका हन् ।

Dish_Home

 

उनले भनेका छन्, यो समय भनेको केही दुरी बनाएर बस्ने बेला हो । साथै सहयोग र साथ दिने समय पनि हो ।

उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । त्यस्तै कोरोना भाइरसका कारण विश्वभर कहर मच्चाइरहेको छ । हालसम्म ५ लाख ३१ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय