scheduleआइतवार चैत्र २३ गते, २०७६

आग्रह तिमीसँग

कविता
शर्मिला रानाभाट

परिश्रमी बन्नु तिमी, लक्ष्य कहिल्यै नछोड्नु
भुलेर कर्तव्यपथ स्वार्थ कहिल्यै नरोज्नु

हरेस नखानु जीवनमा नसोचेको भोग्नु पर्दा
विचलित कदापि नहुनु मुस्किल क्षण आउँदा

सबको भलो चिताउनु उल्लास छाओस् मनमा
अघि सर्नु, हात थाम्नु अभाव नहोस् जीवनमा

Dish_Home

क्षणिक सुखको बेगमा रत्तिभर नमात्तिनु
दैवलिला एकै हुन्नन् संकटमा नआत्तिनु

पूर्णिमाको जुनझैँ ज्योति तिमी बन्नु है
सधै मुस्कुराउनु सुवास छर्नु फूल झैँ

प्रकाशपुञ्ज बनेर सूर्यसरि जगमगाउनु
पवित्र भाव बोकेर प्रितले मगमगाउनु

मार्च २३, २०२०
क्याल्गरी, क्यानडा

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय