scheduleशनिवार चैत्र २२ गते, २०७६

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, १४ चैत । चीन र इटली भन्दा अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या बढि भएको छ । अमेरिकामा एकै दिन १७ हजार १ सय ३३ नयाँ संक्रमित थपिएपछि अमेरिकामा संक्रमितको सख्या विश्वमा नै सबैभन्दा धेरै भएको छ । अमेरिकामा ८५ हजार ३ सय ४४ पुगेको छ ।

वल्र्डडोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ६८ जनाको मृत्यु भएको छ । यो सगँ मृत्यु हुनेको सख्या १ हजार २ सय ९५ पुगेको छ । अमेरिका पछि चीनमा संक्रमितको सख्या ८१ हजार ३ सय ४० छ भने इटलीमा ८० हजार ५ सय ८९ जनामा देखीएको छ ।

Dish_Home

कोरोनाका कारण मृत्यु हुनेको सख्या २४ हजार ७३ पुगेको छ । अहिले सम्म विश्वभर ५ लाख ३२ हजारमा २ सय २४ जनामा संक्रमण देखीएको छ भने १ लाख २३ हजार ९ सय ४२ जना सन्चो भएर घर फर्किएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय